नियम १४
रजिष्ट्रारको काम र कर्तव्य
यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम, कर्तव्य र अधिकारको अतिरिक्त रजिष्ट्रारको देहाय बमोजिमको काम र कर्तव्य हुनेछः–
(१) दर्ताको निमित्त पेश हुन आउने चिकित्सकहरूको दरखास्त कारवाईका निमित्त यस नियमावली अन्तर्गत गठन हुने दर्ता समितिमा पेश गर्ने,
(२) चिकित्सकहरूको दर्ता सम्बन्धी रजिष्टर आफ्नो जिम्मामा राख्ने,
(३) नामावलीको सूचीमा कसैको नाम छुटेको पत्ता लागेमा वा कसैले सो कुराको सूचना पठाएमा आवश्यकता अनुसार संशोधन गर्ने,
(४) काउन्सिलको कोषाध्यक्षको रूपमा काम गर्ने,
(५) काउन्सिलका कर्मचारीहरूको नियुक्ति वा प्रमोशन र निजहरू माथि विभागीय सजायको लागि काउन्सिल छेउ सिफारिस गर्ने,
(६) काउन्सिल प्रति उत्तरदायी भई काउन्सिलको आन्तरिक दैनिक प्रशासन सञ्चालन गर्ने,
(६क) काउन्सिलको वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी प्रत्येक वर्षको फागुन मसान्त भित्र काउन्सिलमा पेश गर्ने,
(६ख) काउन्सिलबाट स्वीकृत बजेट, योजना तथा कार्यक्रमको कार्यान्वयन गर्ने,
(६ग) काउन्सिल र काउन्सिलमा नाम दर्ता भएका चिकित्सकहरू बीच सम्पर्क अधिकारीको रूपमा काम गर्ने,
(६घ) काउन्सिलबाट आदेश तथा निर्देशन दिए बमोजिमको अन्य कार्यहरू गर्ने गराउने ।
(७) काउन्सिलसँग पूर्व परामर्श लिई नेपाल सरकारले तोकिदिएको अरु कुनै काम गर्ने ।